FAQS
CG एग्रो
loading...
discover
scroll to

नानो युरिया बारे

नानो युरिया बारे

नानो युरिया

नानो प्रविधी नानो स्तरमा परमाणु र अणुहरु हेरफेर गरेर संरचना, उपकरण र प्रणालीहरु डिजाइन, उत्पादन गर्न समर्पित विज्ञान हो । नानो प्रविधीको खाद्य र कृषि क्षेत्रमा महत्वपुर्ण भुमिका रहेको छ । यस प्रविधीको प्रयोग रसायनिक मलको उत्पादनमा समेत गरिएको छ । नानो प्रविधीबाट निर्मित मलले परम्परागत रसायनिक मलको मात्रा घटाउँदछ । यसले रिलिज प्रोफाइलहरु सुधार गर्दै अवशेषन बढाउँदछ जसको दिगो रुपमा आर्थिक र वातावरणीय फाइदाहरु रहेको छ ।

नानो पार्टिकल

एक नानो कण वा अल्टाफाइन पार्टिकल सामान्यता कुनै वस्तुको एक कणको रुपमा बुझिन्छ जुन व्यासमा १ देखी १०० नानो मिटरको विचमा हुन्छ ।

नानो युरिया

नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल हो । यसले विरुवाको उचित बृद्धि र विकासका लागी आवश्यक पर्ने प्रमुख पोषक तत्व ल्ष्तचयनभल प्रदान गर्दछ । परम्परागत युरियाको तुलनामा नानो युरिया तरललाई पातबाट छर्ने गरिन्छ । यो वालि विकासको महत्वपुर्ण चरणहरु जस्तै हागाँ पलाउने, फुल फुल्ने समयमा छर्कदा प्रभावकारी रुपमा पातको माध्यमबाट युरिया परिपुर्ति गर्नुका साथै बाली उत्पादन र गुणस्तरमा टेवा पुयाउँदछ ।

नानोयुरियाको फाइदाहरु

– नानो युरिया तरल परम्परागत रसायनिक युरियाको तुलनामा माग आधाले घटाउँदछ।
– १ बोरा (५० किलो) परम्परागत युरिया . ५०० मि. लि. नानो युरिया
– वातावरण मैत्री ।
– परम्परागत युरिया भन्दा सस्तोे ।
– स्वस्थ वातावरण, माटोको गुणस्तर र बढि उत्पादनका लागी उपयुक्त ।
– माटो, हावा र पानिमा नकरात्मक प्रभाव पर्दैन ।

नानो युरियाको आवश्यकता

देशमा उत्पादन नभएको र आयातमा निर्भर हुनुपरेको अवस्थामा हरेक वर्ष रसायनिक मलको अभाव रहँदै आएको छ । सर्वसुलभ, गुणस्तर मल प्राप्त गर्नुे आफैमा निकै चुनौतीपुर्ण रहेको देखिन्छ । यस चुनौती तथा समस्याको न्युनिकरण गर्ने तथा किसानको आय बढाउन दीर्घकालीण योजनाको रुपमा नानो युरिया तरल सिर्जना भएको हो ।

कामको प्रकृति

परम्परागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानो युरिया पानिमा मिसाई बिरुवाको पातमा छर्कने गरिन्छ । झण्डै २–४ मि. लि. नानो युरियालाई १ लिटर पानिमा मिसाएर छर्न पर्दछ । विरुवाको वृद्धि हुने महत्वपुर्ण चरणहरुमा छर्किएपछि विरुवाका कोषहरु द्धारा चाँडै सोस्ने गर्दछ । यो पातको क्तयmबतब प्रवेश गर्दछ । त्यस पश्चात एजयिझ ले खाली तथा आवश्यक ठाउमा युरिया स्थानान्तरण गर्ने गर्दछ । नानो युरिया साना कोषबाट अवशोषित हुने हँुदा दानादार युरिया भन्दा निकै प्रभावकारी मानिन्छ । परम्परागत रसायनिक युरिया ७०५ भन्दा बढि विभिन्न माध्यमवाट नष्ट हुने गर्दछ । यसको लामो समय प्रयोग कारण माटो अम्लिय पनि हुन पुग्दछ ।

तुलनात्मक चार्ट

विवरण नानो युरिया परम्परागत युरिया
उत्पादन २०२१ १८२३
प्रविधि नानो परम्परागत
कण आकार ३२ नानो मि. १ मि. मि.
मुल्य रु ४०० रु ७५०
भण्डारण सानो क्षेत्र धेरै क्षेत्र
प्रदुषण छैन (हावा, पानि, माटो) छ (हावा, पानि, माटो)
Vaporization (उडेर जाने) छैन
माटोमा प्रभाव अनुकुल प्रतिकुल
माध्यम पात र जरा बाट जरा बाट